Logo

संवैधानिक परिषदको बैठक जारी



काठमाडौं, २ असार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ । आजको बैठकले निर्वाचन आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा एक–एकजना सदस्य नियुक्तिको लागि सिफारिस गर्ने विषयमा निर्णय हुने बताइएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्को बैठकमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नतो र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्