Logo

चलचित्र निर्देशक थापासहित तीन जनाविरुद्ध मुद्दा दायर, १ करोड ५० लाख विगो मागदाबी



काठमाडौं, २ असार । चलचित्र निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध जिल्ला काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आपराधिक विश्वासघात गरेको आरोपसहित दायर गरिएको उक्त मुद्दामा निर्देशक थापासहित ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल र सम्पादक मिलन कुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले उनीहरुविरुद्ध आपराधिक विश्वासघातको उजुरी दिएका थिए । आपराधिक विश्वासघात गरी चलचित्र प्रसाद–२ बाट एक करोड ५० लाख रुपैयाँ अवैध आर्जन गरेको भन्दै सो रकम विगोदाबी गरिएको छ । साथै, प्रतिवादीहरुलाई जनही ७÷७ वर्षको कैद सजायसमेत मागदाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्