Logo

नेसनस प्याब्सन भक्तपुरद्वारा आयोजित शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौं, ३ असार । नेसनल प्याब्सन भक्तपुरद्वारा आयोजित वृहत शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

परिवर्तित कक्षा १–३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र १५ गते होटल सिटी गाउँको कार्यक्रम हलमा दुई चरण गरा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण गरिएको थियो । उक्त कक्षा १–३ को लागि प्रशिक्षकद्वय हरिहर तिमिल्सिना र हरिप्रसाद रेग्मीले सहजीकरण गरेका थिए ।

साथै, कक्षा ४–१० को विषयगत रूपमा पाठ्यक्रम, सिकाइ उपलब्धि, आन्तरिक तथा बाह्य मूल्याङ्कन , प्रश्नपत्र निर्माण एवम् उत्तर लेखन लगायतमा नेसनल प्याब्सनका सदस्य विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण गरिएको थियो । डोलेश्वर भिलेज रिसोर्टको कार्यक्रम हलमा २०८१ जेठ २६ गते नेपाली विषयको हरिहर तिमिल्सिनाद्वारा र विज्ञान विषयको सुशील खनालद्वारा प्रशिक्षण गरिएको थियो ।

त्यसैगरी, २०८१ असार १ गते सामाजिक विषयको दीपक मरहठ्ठा र जीवन पन्थीले प्रशिक्षण दिएका थिए । सोही दिन विज्ञान विषयको डा.चिन्तामणि पन्थीले शिक्षकहरूलाई सहजीकरण गरेका थिए ।

नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले करिब एक महिनाको अन्तरालमा कक्षा १–३ को एकीकृत पाठ्यक्रम र कक्षा ४–१० को चारवटा विषय नेपाली, गणित, विज्ञान र सामाजिकको प्रशिक्षण गराउँदा विद्यालयमा न्यूनतम भए पनि प्रशिक्षित शिक्षकहरूले सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन सक्ने विश्वास व्यक्त गरे । उनले यसरी प्रदान गरिएको विषयगत वृहत प्रशिक्षणले शिक्षकहरूको क्षमता अभिवृद्धि हुने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot