Logo

कांग्रेसको निश्कर्षः प्रधानमन्त्रीको चालचलन हेर्दा सरकार धेरै लामो समय जाँदैन



काठमाडौं, ३ असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बजेटका सन्दर्भमा कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बजेट परम्परावादी, यथास्थितिवादी र विगतमा जे थियो, अहिले पनि त्यही रहेको बताए । नेता विश्वकर्माले मन्त्री, भौतिक पूर्वाधार मन्त्री, गृहमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्रीले सबैभन्दा बढी बजेट लाने प्रचलन यस पटक पनि कायमै राखिएको बताए ।

‘कांग्रेसको एउटा यस्तो विशेषता छ, यो सबैभन्दा ठूलो पुरानो पार्टी, लोकतान्त्रिक पार्टी, संसदीय पद्धतिप्रति अलिबढी विश्वास भएको पार्टी, यसले झुट बोल्न सक्दैन । दोस्रो कुरा सत्तापक्ष र विपक्ष हुँदैमा यसको भाषा बढ्लिँदैन । बजेट परम्परावादी, यथास्थितिवादी र विगतमा जे थियो, अहिले पनि त्यही छ ।’ उनले भने, ‘मन्त्री हुनेले अलिबढी योजना लाने, प्रधानमन्त्रीले अलिबढी लाने, भौतिक मन्त्रीले अलिबढी लाने, गृहमन्त्रीले लाने, अर्थमन्त्रीले त झन धेरै नै लाने । त्यो प्रचलन नै छ । यसमा त झन बढी दोहोरिएको छ । कांग्रेसले विरोध गरेर बजेट असफल हुने पनि होईन । कांग्रेस प्रमुख प्रतिपक्ष भएका हुनाले विरोध नै गर्नुपर्छ भन्ने पनि होईन ।’

सरकारमा रहेका मन्त्रीहरु र प्रधानमन्त्रीको गतिविधि, चालचलन हेर्दा वर्तमान सरकार धेरै लामो नजाने देखिएको उनको दाबी छ । उनले आफूहरु रचनात्मक टिप्पणी गर्ने तयारीमा बसेको भएपनि सत्तारुढ दलका प्रमुख नेताले असन्तुष्टि जनाएपछि आफूहरुले धेरै बोल्न आवश्यक नठानेको बताए । उनले बजेटलाई लिइर सत्तारुढ दलमा समस्या छ भनेर कांग्रेस, बिगार्ने र भत्काउनेतिर नलागेको उनले बताए ।

‘पार्टी अध्यक्षले नै भनेपछि त पत्याउनु पर्यो । उहाँहरुको छलफल भएन । उहाँहरुले एकलौटी बजेट ल्याउनुभयो भनेर सार्वजनिक रुपमा प्रमुख नेताले भनेपछि यहाँभित्र केही असन्तुष्टिहरु रहेछन्, केही समस्या रहेछन् भन्ने कुरा हामीले थाहा पायौं । तर, त्यो समस्या छ भनेर कांग्रेस त्यो समस्यामा केलाएर, खेलाएर बिगार्ने, भत्काउने पक्षमा छैन,’– उनले भने ।

कांग्रेस अहिले सरकार ढाल्ने र बनाउनेतिर नलाग्ने उनको भनाइ छ । उनले सत्तारुढ दलबीचमा विश्वास रहुन्जेल यही सरकार अगाडि बढ्ने बताए । कांग्रेसको आवश्यत्ता महसुश गरेर कुनै दलले प्रस्ताव गरेको खण्डमा आफूहरु सरकारमा जाने उनले बताए । अहिले सरकार ढाल्ने, भत्काउने र बिगार्ने पक्षमा कांग्रेस नरहेको पनि उनले बताए । उनले परिस्थितिले कांग्रेस सत्तामा जानुपर्ने आवस्था आएको खण्डमा नेतृत्व लिन तयार रहेको पनि बताए ।

‘प्रमुख प्रतिपक्षी दल भनेको वइटिङ फर गभर्मेन्ट हो । अहिले हामीकहाँ हङ्ग पार्लियमेन्ट छ । सकैको मेजरिटी छैन । छ महिना, आठ महिनामा गठबन्धन फेरिराखेको छ । एक वर्षमा चार पटक विश्वासको मत लिने प्रधानमन्त्री हुनुहुन्छ भने अब यो दीर्घकालीन रुपमा जान्छ भनेर अनुमान गर्यौं भने पनि हाम्रो अुनमान गलत हुन्छ ।’ उनले भने, ‘हामी अहिले नै बदलिहाल्ने अवस्थामा पनि छैनौं । जति दिनसम्म गठबन्धनमा आवद्ध दलहरुबीच सहमति हुन्छ, त्यतिबेलासम्म सरकार चल्छ । सरकार नचल्दाको खाँचो अर्को कुनै दलले महसुश गर्यो, या हामीले पनि प्रयास गर्दा माहोल बन्नेरहेछ भने कांग्रेस होईन, होईन हामी त पाँच वर्षसम्म जाँदैनजाने पनि होईन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot