Logo

काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख डंगोललाई



काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले पाएकी छन् ।

मेयर बोलन शाह साताव्यापी ब्राजिल भ्रमणका लागि उडेपछि उपप्रमुख डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । बालेन मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।

असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्कने छन् । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot