Logo

वर्तमान व्यवस्था र प्रणालीले धेरै–धेरै विकृति र विसंगति सिर्जना गर्योः माधव नेपाल



काठमाडौं, ३ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान संविधान र व्यवस्थामा व्यापक सुधारको खाँचो रहेको बताएका छन् । आज (सोमबार) पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को मुखपत्र संकल्प–२ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान प्रणालीले धेरै–धरै विकृति र विसंगतिहरु सिर्जना गराएको बताएका हुन् ।

‘हामीले अहिले जुन किसिमको संविधान र व्यवस्था ल्याएका छौं । त्यसअनुसारको काम र व्यवहार गरिरहेका छौं । निर्वाचन प्रणाली अपनाएका छौं, जुन किसिमको संरचना लिएर अगाडि बढेका छौं, के त्यो आफैंमा अपरिवर्तनीय छ र ? होईन, परिवर्तनको आवश्यकता देखिन्छ । कतिपय कुराहरु व्यवहारले पनि के प्रष्ट पारेको छ भने धेरै–धरै विकृति, विसंगतिहरु यही हाम्रा प्रणालीले पनि सिर्जना गरेको छ । प्रणालीमा पनि सुधारको आवश्यत्ता छ,’– अध्यक्ष नेपालले भने ।

वर्तमान व्यवस्थाले महिलाहरुसँग परव्यवहारको परिपाटीलाई कायमै राखेको उनको भनाइ छ । उनले दलितहरुमाथिको अत्याचार, भेदभाव, महिलाहरुमाथिको हिंसा, बलात्कार र हत्या, मानव बेचबिखनलगायतका घटनालाई दलाल नोकरशाही पुँजीवादी व्यवस्थाको उपजको रुपमा चित्रण गरे ।

साथै, नेपालको परिवर्तनको वहाकको रुपमा एकीकृत समाजवादीले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । समाज र राजनीतिका विकृति र विसंगतिको विरुद्धमा जुध्ने आँट गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot