Logo

गीतकार सुरेश शिवाकोटीको गजल ‘मान्छे चिन्न जानिन’ सार्वजनिक



काठमाडौं, ३ असार । गीतकार सुरेश शिवाकोटीको नयाँ गजल “मान्छे चिन्न जानिन” सार्वजनिक भएको छ । सानै उमेरदेखी नै गीत संगितमा रूचि राख्ने शिवाकोटीले जिन्दगीको दौरानमा धेरै क्षेत्रको अनुभव पश्चात फुरेको शब्दलाई गजलको रुप दिएका गीतकार शिवाकोटीको यो गजललाई ‘एकदिन उज्यालो छाउला’ बहुचर्चित संगितकार, रचनाकार,आफैमा अब्बल गायक गोविन्द मधुर आचार्यले स्वर दिएका छन् । संगीत स्वयं आचार्यले नै गरेका हुन् ।

आचार्यको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा गायक आचार्यले स्वयं गायर अभिनय गरेका छन् । समय सापक्ष तयार पारिएको गीत राम्रो भएको र दर्शक श्रोताले मन पराईदिने गीतकार शिवाकोटीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot