Logo

आन्दोलनरत् ट्यांकर चालक र सरकारबीच सहमति, काठमाडौंमा तेल आपूर्ति सुरु



काठमाडौं,३ असार । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ ।

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् ।

विभिन्न सातबुँदे माग राख्दै ट्याङ्कर चालहरू आन्दोलनमा उत्रिएका हुन् । चालकहरू आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएको थियो ।

चालहरूले चालक र सहचालकलाई श्रम ऐनअनुसार नियुक्तिपत्र दिई सरकारले तोकेबमोजिमको तलब पाउनुपर्ने माग राखेका छन् । दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्धता गराइनुपर्ने, जोखिम भत्ताको व्यवस्था गरिनुपर्नेलगायतका माग उनीहरूले राखेका हुन् । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot