Logo

रवि लामिछाने रुन थालेको विप्लवको खुलासा



काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसदीय व्यवस्थाले देश अगाडि जान नसक्ने बताएका छन् । आज (सोमबार) बेपत्ता परिवारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्था ठीक छ, अब अवस्था परिवर्तन गर्नुपर्छ भनेर संसद पुगेका रवि लामिछाने अहिले सत्ताले मलाई सिध्यायो भनेर रुन थालेको टिप्पणी गरे ।

‘रविजीले अस्ती एउटा रमाइलो कुरा गर्नुभयो । रविजीले पहिला यो व्यवस्था ठीक, अवस्था फेर्ने भन्दै हुनुहुन्थ्यो । तर, अस्ती यसरी पेलाइ खानुभयो कि संसद्मा उभिएर पहिलो चोटी रविजीले एउटा भाषण गरे, म त सरकारमा मात्रै रहेछु, सत्तामा रहिनछु । सत्ताले मलाई सिध्यायो भन्न थाल्नुभयो । रुन थाल्नुभयो । म यो व्यवस्था जोगाउँछु भनेर संसद्मा गएको मान्छे रुँदैछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot