Logo

भू तथा जलाधार कार्यालय रामेछापका हाकिमको मदिरा आतङ्क, प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लियो (भिडिओसहित)



काठमाडौं, ३ असार । भू तथा जलाधार कार्यालय रामेछापका प्रमुख सुरेश दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी कार्यालय पुगेका दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले कार्यालयमा पुगेर गालीगलौज र अपशब्द बोलेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारीअनुसार अहिले उनी प्रहरी नियन्त्रणमै छन् । मदिरा सेवन गरी कार्यालयमा गएको र होहल्ला मच्चाएको भन्ने जानकारी आएपनि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आज सार्वजनिक विदा भएपनि उनी मदिरामा लठ्ठिएर विहानै कार्यालय पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot