Logo

गृहमन्त्री लामिछानेलाई अदालतले झापड हानिरहेकै छ, मैले आलोचना गर्नुपर्दैनः रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, ४ असार । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अदालतले झापड हानिरहेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियादेखि मापसे गर्नेलाई सडकमा उभ्याउने निर्णयसम्ममा अदालतकाले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई झापड हानेको टिप्पणी गरेका हुन् । उनले आफूले देशको गृहमन्त्रीलाई कसैले पनि औंला ठड्याउन नसकोस् भन्ने चाहेको बताउँदै अदालतले झापड हानिरहेको बेलामा आलोचना गर्न आवश्यक नरहेको बताए ।

‘सुरुमा केही दिनमै नागरिकता पासपोर्टमा चिप्लिहाल्नुभयो । अहिले पनि उहाँले गरेको निर्णहरुलाई अदालतले झापड हान्न थाल्यो । फेरि मलाई यहाँ सिरोहियाको हली गोठालो भनेर लेख्न थाल्छन् । मुद्दा लाग्ने केश हो कि होईन कमसेकम गृहमन्त्रीले बुझ्नुपर्दछ । उहाँलाई त्यहाँ जिल्ला अदालतले झाप्पु हान्यो । फेरि उहाँले मापसे गर्नेलाई सडकमा उभ्याउन थाल्नुभयो । यो कानुनी राज्य हो नि त । कानुनअनुसार चल्नुपर्छ नि त । नियम बनाऔं ।’ उनले भने, ‘फेसबुक र स्वीटरमा आदेश दिएर देश चल्छ ? अनि भोलिपल्ट सडकमा ल्याउन पाइन्छ ? त्यस्तो हचुवा निर्णय गर्न पाइन्छ ? यो मैले सदनमा कुरा उठाएँ । सर्वोच्चले झापड हान्यो । अदालतले झापड हानेको हान्यै छ । मैले किन कुरा गर्नुपर्यो ? म त के चाहन्छु भने हाम्रो देशको गृहमन्त्री कसैले औंला ठड्याउन नपाओस् भन्ने चाहना राख्ने मान्छे हुँ ।’

साथै, संसदीय समितिको बैठकमा एनजीओले खाजा खुवाउनु राम्रो नभएको उनले बताए । आफ्नो समितिमा पनि त्यो फेला गरेको भन्दै त्यसको जिम्मेवारी आफैंले लिएको बताए । आगामी दिनमा कानुन बनाउने ठाउँमा एनजीओले कहिले पनि प्रवेश नपाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री लामिछानेले आफूमाथि लगाएको आरोपमा उनले केही नबोल्ने बताए । गृहमन्त्री लामिछानेको जस्तो स्तरमा झरेर गालीगलौज नगर्ने उनले बताए । ‘मैले त्यस्तै तुच्छ शब्द प्रयोग गर्ने हो भने मैले उहाँका बारेमा सुनेका कुराहरु ठग भनेर त उहाँ आफैंले भन्नुभएको छ । मलाई ठग ठग भन्छन् जहाँ जाँदा पनि भनेर भन्नुभएको छ । उहाँलाई म यो ठगसँग के कुरा गरौं ? भनेर भनौं ? म भन्न सक्दिँन । त्यो मेरो दायित्व पनि होईन । अरु कुराहरु पनि होलान्, चरित्रका कुराहरु होलान् । म त्यो कुरा रोस्टमबाट भनौं ? म भन्न सक्दिँन । बाटो हिँड्दैगर्दा एउटा जनवारले खुट्टा टोक्यो भने त्यसलाई टोक्नेतिर लाग्न हुँदैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot