Logo

भौतिक पूर्वाधारमन्त्री महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न: तपाई धनुषाको मन्त्री कि नेपालको ?



काठमाडौं,४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बजेटमा कर्णालीलाई विभेद गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै शाहीले मन्त्री महासेडलदे बजेटजति झापा र धनुषामा विनियोजन गरेको आरोप लगाउँदै तपाई नेपालको मन्त्री कि दुई जिल्लाको भन्दै प्रश्न गरे । उनले कर्णालीलाई विभेद गरेको भन्दै अब कर्णाली चुप लागेर नबस्ने प्रष्ट पारे ।

‘डाटा छ मसँग हावामा बोलेको छैन् । य आज सभामुखज्यूमार्फत भन्न चाहन्छु । यो देश भाषा कर्णालीलाई कपमान गर्नेगरि नबोल्नुस् यहि कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईहरु आफ्नो भाषा निर्माण गर्नुस्’ उनले भने । यो भाषा जुम्लाको सिजाबाट उत्पत्ति भएको भाषा हो । अपमान गर्न पाईंदैन् । धनुषा जिल्लाको ३ र ४ नम्बर क्षेत्रमा भोतिक तथा पूर्वाधार मन्त्रालयले धनुषा जिल्लाभरी ८ अर्ब७७ करोड ४ लाखरुपैया बजेट विनियोजन गरेको छ ।झापा जिम्मामा ६ अर्ब ७० करोड रकम विनियोजन भएको छ । यी दुई जिल्लामा १५ अर्ब ४७ करोड ४९ करोड रुपैयाा विनियोजन भएको छ । तर सिंगो कर्णालीका १० जिल्लालाई समेटेर उहाँले७ अर्ब ३६ करोड ४८ लाख १४ हजार’ ।

सांसद शाहीले झापा र धनुषामा भन्दा आधा बजेटमात्र सिंगो कर्णालीमा छुट्याएको बताए । ‘१५० अर्ब ५३ करोडको बजेट भनिरहँदा झापा र धनुषाले १०। ७८ प्रतिशत बजेट भौतिक मन्त्रालयबाट पाएको छ भने कर्णालीले ४।८९ प्रतिशत पाएको छ । म यहाँबाट सोध्न चाहान्छु भौतिक पूर्वाधार मन्त्री नेपालको हो कि धनुषा र झापाको ? । यहि देशको हो भने कर्णालीलाई अपमान गर्न पाईदैन्’ ।

सांसद शाहीले कुनैबेला कम्युनिष्टको लाल किल्ला मानिने कर्णालीलाई कम्युनिष्टबाटै विभेद भएको भन्दै कर्णालीमा यस्तै अवस्था रहे क्षेत्रिय दल खुल्नसक्ने चेतावनी दिए । ‘०५६ सालमा कर्णालीका ५ जिल्ला एमालेको लाल किल्ला थियो ।०६४ मा माओवादीको किल्ला भएको कर्णालीले नै प्रचण्डलाई सत्तामा पुर्यायो नेता बनायो । कर्णालीका गल्लीगल्लीमा जनताले रगत बगाएर माओवादीका साथीलाई मन्त्री बनाएका हुन् । यस्तै अवस्था आए कर्णालीमा क्षेत्रिय दल खुल्न सक्छ । सत्ताले बेलैमा होस् गरोस’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot