Logo

कर्मचारीले भत्ता नपाएको विषय संसद्मा प्रवेश, रघुजीले सोधे: संसदको पत्रिका पनि कटौती गर्ने अवस्थामा देशको अर्थतन्त्र पुगेको हो ?



काठमाडौं,४ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद सचिवालयमा कार्यरत कर्मचारीले अतिरित्त समयमा गरेको कामको भत्तँ नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्त भत्ताको माग गर्दै केही दिनदेखि कर्मचारीले आन्दोलन गरिरहेकोतर्फ सरकार गम्भीर हुनपर्ने बताए ।

‘उहाँहरूले हिजोको भत्ता माग्नुभएको छैन। कमसेकम अब अतिरिक्त समयमा काम गरेको भत्ता त पाउनुपर्‍यो। अर्थमन्त्रालय लगायत अन्यत्रका कर्मचारीले पाउने, संसदका कर्मचारीले किन नपाउने?,’ उनले प्रश्न गरे, ‘आज म देखिरहेको छु, सभामुखलाई सहयोग गर्न सबै कर्मचारी हुनुहुन्न, बाहिर धर्नामा हुनुहुन्छ। संसदभित्र यो दृश्य देखिनु आफैमा दु:खद हो कि होइन?’

सांसद पन्तले संसद्मा सांसदहरुले पढनका लागि भनेर आउने गरेको पत्रिका कटौती भएकोबारे जवाफ पनि माग गरेका छन् । उनले देशको अर्थतन्त्र पत्रिका किन्न नसकिनेगरि बिग्रिएको हो भन्दै प्रश्न गरे । उनले भने, ‘बाहिर सांसदहरूलाई पढ्न भनेर जतिपनि अखबारहरू राखिन्थ्यो, अहिले त्यो पनि कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरंलाई दिने पत्रिकापनि कटौती गर्ने अवस्थामा पुगेको हो र ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot