Logo

बजेट पास हुने दिनको संसद् बैठक बहिष्कार गर्ने अमरेशको घोषणा



काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेटले विभेद गरेको भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले बजेटले ठूला राजनीतिक दलका नेताको गृहजिल्लामा मात्र बजेट खन्याएको भन्दै बजेट पारित हुने दिनको बैठक बहिष्कार गर्ने बताएका हुन् ।

सिंहले भने भने,‘मन्त्री र प्रधानमन्त्रीको बजेट सिस्टम हुन्छ भने सभामुखबाट रुलिङको माग गर्छु अर्को बर्ष बजेट संसदमा प्रस्तुत नगरियोस्, पास नगरियोस् । त्यही क्याबिनेटले पास गरोस् । प्रधानमन्त्रीको लागि रुलिङ भएन भने बजेटको बहिष्कार गर्छु, भोटिङको दिन बहिष्कार गर्छु ।’



प्रतिक्रिया दिनुहोस्