Logo

कर्णालीमा मान्छेले गाडी बोक्नुपर्ने अवस्था छ, त्यसको अन्त्य नभए संसद् भवन घेर्छौं: सांसद थानी



काठमाडौं । नोपली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणमा कम बजेट छुट्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थानीले कर्णालीमा अन्तजस्तो अवस्था नरहेको र त्यका नागरिकले गाडी बोकेर हिँड्नुपर्ने अवस्था बनेको बताए । उनले त्यो अवस्था अन्त्य नभए कर्णाली नागरिकले संसद् भवन घेराउ गर्ने पनि चेतावनी दिए ।

‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ? अहिलेको सरकारले समानुपातिक दिन्छु भनेको कुरा यही कर्णालीलाई मृत्युराजमार्ग वहन गर्न दिएको हो ? त्यसैले म भन्न चाहन्छु, यदि यहीँ तरिकाले सरकारले गर्‍यो भने कर्णालीका प्रदेशका सांसदहरूले संसद् घेराउ गर्नुपर्ने छ,’ सांसद थानीले भने, ‘मन्त्रालय घेराउ गर्नुपर्ने छ । यदि सचेत भएर यी बाटाहरूमा बजेट छुट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुरा म सरकारलाई भन्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot