Logo

संसद्मा राप्रपा सांसदको प्रस्ताव: संविधान संशोधन गरौं, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी दिऔं



काठमाडौं,४ असार । सडकदेखि सदनसम्म संविधान संशोधनको वहस चलिरहँदा राप्रपा सांसद विना लामाले भने उपराष्ट्रिपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरि संशोधन गर्ने प्रस्ताव अघि सारेकी छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथि विभिन्न निकाय र मन्त्रालयहरुको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उपराष्ट्रपतिको काम धेरै नभएको हुँदा राष्ट्रिय सभाको अध्यक्षको पनि जिम्मेवारी दिन सकिने बताईन् । यस्तो भएमा मुलुकको खर्च पनि कम हने उनको जिकिर छ ।

‘उपराष्ट्रपतिको कार्यालयमा बजेट बढि भयो । काम केही छैन् । यसकारण यो कार्यालयको बजेटको औचित्य देखिँदैन् । यस्मा खर्च कटौती आवश्यक छ । अधिकारविहीन बनाएर राखिएको उपराष्ट्रपति र यो कार्यालय र यस्को कार्यसम्पादनले नेपालको राष्ट्रिय हितमा उल्लेख्निय योगदान हुन सकेको छैन् । या त संविधान संशोधन गरेर उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी दिऔं यात खर्च घटाऔं’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot