Logo

महाधिवेशनको मुखैमा प्रचण्ड भेट्न सिंहदरबार पुगे झलनाथ



काठमाडौं,४ असार । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय सार्वजनिक भएको छैन् । यद्यपी समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल भएको बालुवाटार स्रोतको भनाई छ ।

एकीकृत समाजवादीले आगामी १६ गतेदेखि काठमाडौंमा १०औं राष्ट्रिय महाधिवेशन गर्दैछ । आगामी महाधिवेशनमा हालका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता खनालले आकांक्षा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot