Logo

शहरी विकास मन्त्री बुढाले गरे गोदावरीस्थित सनराइज हलको अनुगमन



काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढाले ललितपुरको गोदावरीस्थित सनराइज गोदावरी हलको अनुगमन गरेका छन् । सोमबार सार्वजनिक बिदाको छेको पारेर मन्त्री बुढा अनुगमनमा निस्किएका हुन् ।

अनुगमनमा पुगेर मन्त्री बुढाले सनईराज सभाहलमा हुने कार्यक्रमहरू सहज रूपमा सञ्चालनलाई थप पार्किङ स्थलको व्यवस्थापन गर्न तथा सभाहल वरपर ब्यूटिफिकेसन लगायत अन्य थप भौतिक संरचनाको काम अघि बढाउन दिएका छन् ।

२०७७ चैत्र ३० गते ८० करोड २७ लाख १६ हजार लागतमा निर्माण सम्पन्न भएको सो सभा हलबाट विभिन्न कार्यक्रमहरुमार्फत् ६३ लाख ४३ हजार हल भाडा आम्दानी भएको देखिन्छ । यता सभा हल सञ्चालन खर्च ४९ लाख ७२ हजार रुपैयाँ भएको छ ।

मन्त्रालयको २०७८ असार २ गतेको पत्रानुसार सरकारबाट निर्मित उक्त सभा हलको थप जनशक्ति र आर्थिक दायित्व नपर्ने गरी २०७८ जेठ ३१ गतेको मन्त्री स्तरको निर्णयअनुसार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिएको छ ।

तर मन्त्रालयले सभा हल सञ्चालनको मापदण्ड र निर्देशिका बनाउन चासो नदिँदा देशभरका झण्डै दुई दर्जन सभा हलको बिजोग बनेको छ । भने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति निरीह बनिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्