Logo

बजेटबारे गोकुलको आक्रोश: तितो लागे लागोस्, बजेट माओवादीको मात्रै हो, ढाँटको मानो पचाउन पक्षमा बोल्न सकिँदैन्



काठमाडौं,४ असार । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले बजेट एउटा दलको मात्र भएर आएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले जस्को हात जगन्नाथ भनेझै सरकारमा रहनेले बजेटमाथि मनपरि गरेको टिप्पणी गरे ।

‘अर्थमन्त्रीले छलाङ हान्छु भन्नुहुन्थ्यो । छलाङ हान्नु भएको छ । तर, अर्थमन्त्रीले भनेको छलाङ जस्का हातमा डाडूपन्यूँ उसैले हान्यो’ उनले भने ‘के यो बजेट १५आमैं पञ्चवर्षिय योजनाको काम पूरा हुने गरि आयो ? । के १६औं योजनाको लक्ष्यभेद्दन गर्नेगरि आयो ? । दिगो विकासका लक्ष्य पूरा गर्नेगरि आयो ? । भनिो बजेट विनियोजन छ । शीर्षक छ बजेट छैन् । ५ लाखको योजना पनि बजेटमा हालियो । प्रत्यक्ष चुनाव लडेर तल हुने नहुने आश्वासन बाँढेर आईयो । अनि के हामीले अहिले ढाँटको मानो पचाउन बजेटको पक्षमा बोल्नुपर्ने ? । अब के हुन्छ । उनले प्रश्न गर्दै भने आएको बजेट पनि बहुवर्षिय हो कि होईन् । त्यो पनि हेर्नु पर्नेछ । बजेट एउटा पार्टीको जस्तो छ । सत्ता समीकरणको छनक पनि छैन् । तीतो भए तितै होस् सत्य यही हो ’ ।

पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले बजेट निर्माणका बेलामा अर्थमन्त्री वर्षमान पुनलाई भेट्न समेत नपाएको बताएका छन् । ‘भेट्न पाईएन, कुरा गर्न पाईएन बजेट त लक हुन्छ नै मन्त्रालयको ढोका पनि लक भए । दुस्मन नै त हैन होला नि हामी ? । गज्जब देखियो बजेटमा’ उनले भने । सांसद बास्कोटाले मदन भण्डारी विश्वविद्यालयको बारेमा हजार पटक प्रशन उठाएपनि कुनै सम्बोधन नभएको बताए । ‘हुन्छ । आउँछ भनेर स्वादले भन्नु भयो । नीति तथा कार्यक्रममा त आएन । तर, बजेटमा पनि आएन । डेढ किलोमिटर भन्दा कमलाई २ करोड बजेट छुट्याईयो । त्यसको कुनै काम थिएन्’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot