Logo

गृहमन्त्रीलाई गोकुल बास्कोटाले भने, ‘अरु त कुरा त्यस्तै हो, शासन हवल्दार र खरिदारले चलाउँछ’



काठमाडौं, ४ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले गृह मन्त्रालयको शासन सडकमा हिँड्ने हवल्दार र मन्त्रालयमा बस्ने खरिदारले चलाइरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले आफूसँग भनेको कुराहरु उल्लेख गर्दै भने, ‘गृह मन्त्रालयलाई यत्ति भन्नुछ– शासन सडकमा हिँड्ने हवल्दार र मन्त्रालयमा बस्ने खरदारले चलाउँछ । अरु त कुरा त्यस्तै हो । कीर्तिनिधि विष्टले भनेको एउटा कुरा याद छ मलाई । त्यसैले चलाउँछ, किन भने उहाँले घटना सुनाउनु भएको छ, मैले लेखेको छु उहाँसित अन्तरवार्ता लिएर । उहाँ प्रधानमन्त्री हुनुभयो । ठूलो सपना थियो रे घरदेखि मन्त्रालयसम्म आउने बाटो राम्रो होस् । आउँदा फाइल पनि ठीक छ, कागज पनि ठीक छ, भयो भयो । अन्तै बसेको छ, अन्तैबाट गुरुरु आएको छ । फर्केर जाँदा उस्तै छ भयो रे । यस्तो खालको स्थितिमा किन मन्त्रीज्यूहरु बस्ने ? अलिकति अन्तरक्रिया गरेपनि हुन्छ नि त ?’



प्रतिक्रिया दिनुहोस्