Logo

न्युजिल्यान्डका कप्तानले छाडे जिम्मेवारी



काठमाडौं । आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्युजिल्यान्डका कप्तान केन विलियमसनले टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्।

विलियम्सले कप्तानी छाड्नुका साथै सेन्ट्रल कन्याट्रयाक्टमा समेत नरहने घोषणा गरेका हुन्।

सन् २०१४ पछि न्युजिल्यान्ड पहिलो पटक सुपर ८ मा पुग्न सकेन। समूह सी मा रहेको न्युजिल्यान्ड तेस्रो स्थानमा रहँदै विश्वकपबाट बाहिरियो।

यो समूहबाट वेष्ट इण्डिज अपराजित रहँदै शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहेर सुपर ८ मा पुगे। युगान्डा चौथो र पिएजी पाचौँ स्थानमा रहेर विश्वकपबाट बाहिरिए।

३३ वर्षीय विलियम्सले भविष्यमा केन्द्रीय सम्झौता स्वीकार गर्ने सम्भावना भने खुला रहेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot