Logo

बालेनलाई हिटलरको संज्ञा दिँदै कवाड व्यवसायीलाई अमरेशले भने: सबै फोहोर बालेनको घरमा फ्याकिदिनुस्, हामी साथमा छौं



काठमाडौं,५ असार । कवाड व्यवसायीमाथि मंगलबार भएको धरपकडको संसद्मा विरोध भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सरकारले कवाड व्यवसायीमाथि गरेको अत्याचारको विरोध जनाएका हुन् ।

सांसद सिंहले उच्च अदालत पाटनको आदेशलाई काठमाडौं महानगरपालिकाले लत्याएको भन्दै काठमाडौंको सबै फोहारे मेयर बालेनको घरमा लगेर फ्याँकिदिन आग्रह गरे ।

‘केही दिनअघि मात्र उच्च अदालत पाटनले दुईवटा अन्तरकालिन आदेश जारी छ । कवाड व्यवसायीको पक्षमा । तर, महानगरले धरपकड गर्न छाडेन् । नेपालमा अझैपनि रंगभेद कायमै छ । यहि बानेश्वरमा एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहरा फ्याँकिन्छ । भने अर्को समूदायले आन्दोलन गर्दा मधेशका मान्छे देख्नै नहुने यो कस्तो रणनीति हो सरकारको ?’ उनले प्रश्न गर्दै भने ‘हिजोको आन्दोलनमा कयौं घाईते भएका छन् । मैले त्यो फोटो सभामुखलाई पनि देखाएको छु । कयौं घाईतेलाई अस्पताल भर्ना गरिएको छ । म सरकारसँग माग गर्न चाहान्छु । उनीहरुको निशुल्क उपचार होस्’ ।

उनले कवाड व्यवासायीको आन्दोलनलाई समर्थन जनाउँदै महानगरले केही दिनअघि भौतिक पूर्वाधार मन्त्रालयको आगाडी फोहोर फ्याँकेजस्तै व्यवसायीले अब बालेनको घरमा फोहोर फ्याक्नुपर्ने बताए । उनले बालेनलाई जर्मनीका शासक हिटलरको संज्ञा दिए । ‘यहिँको मेयर बालेनजीले सिकाएका छन् । कि जसले काम गर्दैन त्यहि फोहोर थुपार्ने हो । महानगरले अस्ती सडक विभाग अगाडी फोहोर थुपारेको छ । म यहि संसद्बाट भन्न चाहान्छु । सबै फोहोर बालेन र महानगरमा लगेर फ्याँकनुसु । हामी साथमा छौं टिट फर ट्याट’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot