Logo

संसद्मा कांग्रेसले भन्यो: पार्टीको सदस्यता नवीकरण गर्ने विद्या भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ कि मिल्दैन, जवाफ चाहियो



काठमाडौं,५ असार । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको चर्चाले संसद्मा प्रवेश पाएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भण्डारीले एमालेको सदस्यता नविकरण गरेको भन्दै उनले राज्यबाट पाउने सेवा सुविधाबारे के हुन्छ भन्दै प्रश्न गरे ।

‘पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सेवा सुविधा लिन मिल्दैन, राज्यले त्योबारे के सोचेको छ, संविधानमा के व्यवस्था छ सरकारले त्यसको जवाफ दिओस्,’ उनले भने ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको चर्चा केही दिनयता चलिरहेको छ । यस्मा एमालेजन र स्वयं भण्डारीको भने कुनैपनि प्रतिकृया आएको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot