Logo

रास्वपाका मन्त्रीहरुलाई धनराजको सुझावः राजीनामा पत्रलाई ०८४ सम्म खल्तीमै राख्नुस्



काठमाडौं, ५ असार । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुलाई ०८४ को निर्वाचन अघिसम्म राजीनामा पत्र खल्तीमै राख्न सुझाव दिएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा पत्रलाई खल्तीमै सुरक्षित राख्न सुझाव दिएका हुन् । रास्वपाका मन्त्रीहरुले केही दिनअघि ‘गोजीमा राजीनामा पत्र बोकेर हिँडेका छौं’ भनी अभिव्यक्ति दिएका थिए ।

संसद्मा आज युवा तथा खेलकुद मन्त्रालयमा केन्द्रीत रहेर बजेटमाथि छलफल भइरहेको थियो । उनले रास्वपाका मन्त्रीहरुको अभिव्यक्ति तर्फलक्षित गर्दै आफूले कडा शब्दमा आलोचना गर्दा मन्त्रीको राजीनामा फुत्त बाहिर आउन सक्ने भन्दै व्याङ्ग्य गरे ।

‘युवा तथा खेलकुद मन्त्रालयमा केन्द्रीत रहेर समग्रतामा यहाँ आफ्नो भनाइ केन्द्रीत गर्न चाहन्छु । युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षमा रहेर म साह्रै धेरै टिप्पणी पनि गर्न चाहन्न । किन भन्दाखेरी हाम्रो युवा तथा खेलकुदमन्त्रीले खल्तीमा राजीनामा बोकेर हिँड्नुभएको छ । धेरै कडा पनि बोल्न भएन यहाँबाट । यहाँ धेरै कडा बोल्दा उहाँको खल्तीबाट फुत्रुक्क राजीनामा पत्र निस्कियो भने अली गाह्रो होला ।’ उनले भने, ‘राजीनामा पत्रलाई प्लास्टिककोटेड नै बनाएर राख्नुस् । ०८४ को चुनाव अगाडिसम्म खल्तीमा राम्रोसँग राख्नुस् । त्यसैले पनि मैले धेरै कडा टिप्पणी गर्न चाहिँन ।’ File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot