Logo

धनराजको प्रस्तावः ‘आर्थिक सुशासन कायम गर्ने हो भने पाँच सय र हजारको नोट क्वीट गरौं’



काठमाडौं, ५ असार । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले आर्थिक सुशासन कायम राख्न तत्काल पाँच सय र हजारको नोट ब्याण्ड गर्नुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको खर्च कटौतीको प्रस्तावमा भाग लिँदै उनले पाँच सय र हजारको नोट ब्याण्ड गर्दा ८० प्रतिशत गैरकानुनी कारोबार रोकिने दाबी गरे । उनले यसो गर्न सके ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने पनि दाबी गरे । साथै, हजार र पाँच सयका नोटहरु ब्याण्ड गर्न सकेमा सिरानीमुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका पैसा बाहिर आउने भन्दै कटाक्ष गरे ।

‘आजको दिनमा आर्थिक सुशासन कायम गर्ने हो भने हामीले अब पाँच सय र हजारको नोट क्वीट गरेर जान आवश्यक छ । पाँच सय र हजारको नोट क्वीट गर्यौं भने ८० प्रतिशत गैरकानुनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । राजश्व चुवावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त ! सिरानीमुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा र पानीमुनि भएका पैसा सबै बाहिर आउँछ । त्यो ठाउँमा पुर्याउँदा पैसा छ भन्ने ठाउँमा पुग्छ,’– उनले भने ।

साथै, उनले सरकारले आगामी आर्थिक वर्षमा तीन खर्ब आन्तरिक ऋण लिने लक्ष्य राखेकोमा आपत्ति जनाए । राज्यले जनताले राखेको पैसा आन्तरिक ऋण लिँदा बैंक करप्टेड हुने उनको भनाइ छ । ‘ऋणको याचना गरेरमात्रै हुँदैन । हामीले ऋण कहाँ–कहाँ माग्ने ? कति माग्ने ? हुँदाहुँदा आन्तरिक ऋण पनि ठूलोमात्रामा उठाउने भनिरहेका छौं । जनताको पैसा जहाँ जम्मा हुन्छ, त्यहीँबाट सरकारले ऋण लिइदिएपछि के हुन्छ ? बैंक करप्टमा जाँदैन ? त्यो अवस्था आउँछ कि आउँदैन ? त्यतातर्फ जनि ध्यान दिन आवश्यक छ,’– उनले भने ।

उनले छिमेकी मुलुकहरुसँग स्पोटसर्् युनिभर्सिटी रहँदा नेपालमा भने व्यवस्थित खेल मैदानसमेत नरहेको बताए । उनले यस्तो परिस्थितिमा गोल्ड मेडलकको अपेक्षा गर्नु गलत हुने उनले बताए । खेलकुदभित्रका सयौं विधाहरुलाई एजुकेशनको रुपमा लिएर जान स्पोर्टस् युनिभर्सिटी आवश्यक रहेको बताए । उनले यसको विकाससँगै स्पोर्टस् टुरिजमको विकास गर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot