Logo

सहकारी ठगी छानविन गर्न गठित संसदीय विशेष समितिले लियो कानुनी परामर्श



काठमाडौं, ५ असार । सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको छ । आज (बुधबार) समितिले सरोकारवाला निकायहरुसँग कानुनी परामर्श लिएको हो ।

संसदीय विशेष समितिका सभापति सूर्यबहादुर थापाक्षेत्रीले आजको बैठकमा सरोकारवाला निकायहरुसँग कानूनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयहरुमा परामर्श लिएको बताए ।

छलफलमा कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमालचन्द्र अर्याल, नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानालगायतको सहभागिता रहेको थियो । समितिको अर्को बैठक आगामी असार १० गते बस्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot