Logo

कांग्रेसको निश्कर्षः ‘बजेटमा सत्ता र शक्तिको दुरुपयोग भयो’



काठमाडौं, ५ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयगत बजेटमा सत्ता र शक्तिको दुरुपयोग भएको बताएका छन् । आज (बुधबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रीहरुले अधिकांश बजेट आफ्नै जिल्ला र क्षेत्रमा लगेको बताएका हुन् ।

लेखकले बजेटको मुख्य मान्यतामै त्रुटि रहेको बताउँदै संशोधन गर्न आवश्यक रहेको बताए । मन्त्रालयगत बजेटको सन्दर्भमा अपरिपक्व र गैरजिम्मेवार काम भइरहेको बताए ।

‘मन्त्रीजीहरूले मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो,’– उनले भने । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्