Logo

नेपाली सेनाका महासेनानी मल्ल बर्खास्त



काठमाडौं, ५ असार । उमेरसम्बन्धी विवादमा परेका नेपाली सेनाका महासेनानी दीपेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । सैनिक अदालतले उनलाई हिजो (मंगलबार) बर्खास्त गरेको बताइएको छ । उनी संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रूपमा कार्यरत थिए ।

उमेरसम्बन्धी विवादमा उजुरी परेपछि उनलाई नेपाल फिर्ता बोलाइएको थियो । नेपाल फर्किएका मल्लालाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot