Logo

आईजीपी फेर्नेबारे बोले गृहमन्त्री लामिछाने



काठमाडौं,६ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरिक्षक (आईजीपी)ं फेर्नेबारे कुनैपनि काम नभएको प्रष्टीकरण दिएका छन् । बिहीबार बिहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै हल्लामात्र भएको र आईजीपी फर्नेबारेको समाचार कुनैपनि सत्यता नरहेको जिकिर गरे ।

‘चर्चा कसैले चलाइदियो, बुझ्नेले कसरी बुझ्नुभयो, तपाईंको प्रश्न कुन ढंगमा आयो। आइजिपी फेर्ने कुरा मैले कहाँ भनेँ, तपाईंले कहाँ सुन्नुभयो ? कुनै ठाउँमा कुनै पत्रिकाले लेखिदियो होला ? अर्काले बनाइदिएको हेडलाइन बोकेर तपाईंहरूजस्ता मूर्धन्य, इतिहास बोकेका पत्रकार हिँड्नु हुँदैन। त्यस्तो चर्चा कहाँ चल्या छ र भन्या ? बजारमा कहीँ कतै, बिजोग डटकम, कन्तबिजोग डटकम, महाबिजोग डटकमले लेखेको कुराको जवाफ गृहमन्त्रीले दिएर हिँड्छ त ?,’ उनले भने।

केही दिनअघि गृहमन्त्री लामिछानेले आईजीपी बसन्त कुबँरलाई हटाएर श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउन लागेको कुरा बाहिर आएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसबारेमा कुनै पनि सत्यता नरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्