Logo

संसद्मा सुहाङको माग: इलाम जिल्ला अस्पताललाई पुनर्निमान गरेर दक्ष चिकित्सक पठाईओस्



काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलाम जिल्ला अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सुहाङले इलामको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउन माग गरे ।

‘नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । तर, इलामका जनताले त्यो हकको बारेमा उपभोग गर्न पाएका छैनन्’ उनले भने ‘इलाम अस्पतालमा १४ जनाको विषेशज्ञको दरबन्दी छ । तर, ३ जनामात्रको पदपुर्ती भएको छ । ११ जना बिदामा हुनुहुन्छ । त्यसमा पनि एक जना बिदामा हुनुहुन्छ । इलाम अस्पतालमा उपकरण सबै छ । तर दक्ष जनशक्ति नहुँदा उपयोग गर्न सकिएको छैन् । दक्ष जनशक्ति नहुँदा सामान्य उपचारका लागि झापा झर्नुपर्ने बाध्यता छ । यसको अन्तयका लागि सरकारलाई गम्भीर ध्यानाकषर्ण गराउँदछु’ ।



प्रतिक्रिया दिनुहोस्