Logo

टीकापुर घटनामा दोषी ठहर भएकाहरुलाई कानुनबमोजिम कारबाही हुन्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनबमोजिम कारबाही हुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा संसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले टीकापुर घटनाका दोषीलाई कानुनबमोजिम कारबाही हुने र कैद माफी मिनाहाको विषय पनि कानुनबमोजिम नै हुने बताएका हुन् । टीकापुर घटनामा जनधनको अपुरणीय क्षति भएको पनि उनले बताए ।

‘टीकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,’ उनले भने, ‘घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ ।’

प्रधानमन्त्री प्रचण्डले थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर बताए । उनले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्