Logo

ओलीलाई विश्वप्रकाशको सुझाव: ‘सरकारमा हुनुहुन्छ, गिरीबन्धुको फाइल खोलेर कांग्रेसलाई कारबाही गर्नुस्’



काठमाडौं, ६ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेट प्रकरणमा कांग्रेसको संलग्नता पुष्टि गरेर देखाउन चूनौती दिएका छन् । आज (बिहीबार) नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले एक टुक्रा जग्गा बेचेको कुनै प्रमाण भए फाइल खोल्न आग्रह गरेका हुन् ।

‘गिरीबन्धु प्रकरणमा कांग्रेसले कमिसन खाएर कुनै एक टुक्रा जग्गा बेचेको प्रमाण छ भने तपाई पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, तपाईँ सरकारमा हुनुहुन्छ । खोल्नुस् गिरीबन्धुको फाइल । बनाउनुस्, तपाईहरु छानविन समिति,’– उनले भने ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले विभिन्न समयमा कांग्रेसले गिरीबन्धुको ७० विघा जग्गा हिनामिना गरेको आरोप लगाउँदै आएका थिए । अध्यक्ष ओलीको आरोपलाई चुनौति दिँदै उनले फाइल खोलेर देखाउन र छानविन समिति बनाउन चूनौती दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्