Logo

बजेटबारे सत्तारूढ दलकै सांसद भन्छन्: रातो किताब च्यातौं–च्यातौं लाग्छ



काठमाडौं । कोशी प्रदेश सरकारले ल्याएको बजेटबारे सत्तारुढ दलकै सासदले असन्तुष्टि जनाएका छन् ।

बिहीबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै सत्तारुढ नेकपा एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङ राईले प्रदेश सरकारले वजेटमा विभेद गरेको भन्दै रातो किताव च्यात्न मन लागेको बताईन् ।

‘जनताको पसिनाले बनेको यो सम्पत्ति रातो किताब, राखौं–राखौं– लाग्नुपर्ने हो,’ उनले भनिन, ‘तर बजेट पक्षपातपूर्ण भएकाले च्यातौं–च्यातौं लाग्छ ।’

उनले जनता अभिभावकविहीन भएको बताइन् । ‘बाढी र पहिरोले जनता घरबारविहीन र मृत्यवरण गरिरहेका बेला हामी बजेटमा झगडा गर्नुपर्ने बाध्यात्मक अवस्थामा छौं,’ उनले भनिन्, ‘जिम्मेवार व्यक्तिले नसोच्दा यस्तो भएको छ ।’



प्रतिक्रिया दिनुहोस्