Logo

कम्युनिष्ट घटकहरुले माओवादीसँग वृहत एकता गर्ने, माधवदेखि अशोकसम्म लाइनमा रहेको खुलासा



काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र) सँग सम्मानजनक एकता हुने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेसपा, विप्लव नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा र माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लगायतले माओवादी केन्द्रसँग एकता गर्ने बताएका हुन् ।

‘हामी पार्टी एकता गर्छौं । सम्मानजनक हुन्छ । हामी भनिरहेका छौं, माओवादीसँग सम्मानजनक एकता हुन्छ । ठूलो एकता हुन्छ अब । विप्लवजीको हुन्छ, हाम्रो हुन्छ । माधव नेपालजीको हुन्छ,’– नेता यादवले भने ।

उनले नेकपा (एमाले) सँग भने एकता नहुने बताए । एमालेसँग चुनावी तालमेलसम्म हुनसक्ने उनको भनाइ छ । उनले एमालेले आफ्नो हठ त्याग गर्नु आवश्यक रहेको बताए । उनले एमाले परिवर्तनकारी शक्ति नभएको दाबी गरे । बजेटमा एमालेजस्तो पार्टी जिम्मेवार नबनेको उनको आरोप छ । एमालेले माओवादीलाई मात्रै दोष लगाइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्