Logo

रास्वपा जोगाउने हो भने बोल्ड निर्णय गर्नैपर्छ: मुकुल ढकाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले पार्टी जोगाउने र जनताको आशा भरोसालाई पूरा गर्ने हो भने बोल्ड डिसिजन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छ् ।

रास्वपा स्थापनाको २ वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भिर र उच्च संवेदनशिल प्रश्नका अगाडी आफूहरु खडा भएको उल्लेख गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडी हामी खडा छौँ । यो प्रश्न आइसक्यो , र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केहि परिवर्तन गरि अघि बढेनौँ भने हाम्रा गाह्रा दिन शुरू भए’ उनले भनेका छन् ‘पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइ राख्ने हो भने हामीले उच्च सचेतना सहित जोखिम लिएरै भएपनि केहि बोल्ड निर्णय गरेर जानपर्छ । मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किदैनौँ’ ।

इलाम क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा निर्वाचनामा धक्का व्यहोरेपछि रास्वपाले देशव्यापीरूपमा कार्यकर्ताकहाँ पुगेर पार्टी कामको सिंहावलोकन र समीक्षा गर्ने निष्कर्ष निकालेको थियो। पार्टी महामन्त्री डा. ढकाललाई देश दौडाहामा पठाउने र त्यसको प्रतिवेदन तयार पार्ने जिम्मा पनि दिएको थियो।



प्रतिक्रिया दिनुहोस्