Logo

न्यूनतम् साझा कार्यक्रम र प्रतिवद्धताअनुरुप बजेट आएनः एमाले सांसद गैह्रे (भिडिओसहित)



काठमाडौं, ७ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैह्रेले संयुक्त सरकारको मर्म, न्यूनतम् साझा कार्यक्रम र प्रतिवद्धताअनुरुप बजेट नआएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सन्तुलित र व्यवस्थित रुपमा बजेट नआएको बताएका हुन् ।

उनले बजेट प्राथमिताको आधारमा हुनुपर्नेमा त्यो हुन नसकेको बताए । बजेटमा निर्वाचन क्षेत्रहरुमा न्यूनतम सन्तुलनसमेत कायम नभएको बताए । ‘यो संयुक्त सरकार भएकाले संयुक्त सरकारले जारी गरेको न्यूनतम् साझा कार्यक्रम, प्रतिवद्धताअनुरुपको बजेट हुनुपथ्र्यो, त्यसमा कमी रह्यो । आज देशको प्राथमिकता के हो ? त्यो प्राथमिकता केन्द्रीत भएर काम गर्नु, विषय केन्द्रीत भएर काम गर्ने कुरामा स्पष्ट हुनुपथ्र्यो, त्यसमा कमी रह्यो । सबै निर्वाचन क्षेत्रहरुमा न्युनतम् सन्तुलन कायम हुनुपथ्र्यो,’– उनले भने ।

साथै, उनले एमालेले बजेट पास गर्न सघाउने र बजेट पास हुने बताए । एमालेलगायत सत्तारुढ दलका सांसदहरुले बजेट रुपान्तरण गर्न र सच्याउन आलोचना गरेको बताए । उनले प्रमुख प्रतिपक्षीलगायतका दलहरुले बजेटमा आलोचना गरेर सरकारलाई अल्पमतमा पार्न खोजेको बताए । बजेटलाई सुधारेर यही सरकारलाई निरन्तरता र स्थिरता दिने उनले बताए ।

‘एमालेका नेताहरुले गरेको, सत्ता साझेदार दलहरुल गरेको आलोचना बजेटलाई रुपान्तरण गर्न, ठीक गर्न, सच्याउनका लागि छ । प्रतिपक्षहरुले गरेको आलोचना यो सरकारलाई बजेटमा अल्पमतमा पारेर सरकार ढाल्न सकिन्छ कि भन्ने उद्देश्य छ । त्यो उद्देश्यलाई हामी असफल पार्ने हो । तर, यसलाई सुधारेर जानुपर्छ भन्ने कुरामा हामी दृढ छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot