Logo

सेबोनमा श्रेष्ठ र सर्वोच्चमा महान्यायाधिवक्ता पोखरेललाई लैजान ओली-प्रचण्ड सहमत



काठमाडौं,७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नेपाल धितोपत्र बोर्ड र सर्वोच्च अदालतको न्यायाधीश सिफारिसका लागि उच्चस्तरीय सहमति जुटेकोछ ।

बिहीबार साँझ प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भएको छलफलमा धितोपत्र बोर्डमा ओलीनिकट सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने मोटामोटि सहमति जुटेको छ ।

बोर्डको अध्यक्षका लागि सर्ट लिष्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तरवार्ता बहिष्कार गरेपछि नियुक्रि प्रकृया रद्द गर्नेसम्मको तयारी भएकोबेला ओली प्रचण्डबीच सहमति जुटेपछि प्रकृया रद्द नहुने सम्भावना बढेको छ । सेबोनमा अध्यक्षका दावेदार श्रेष्ठसहति मुक्ति श्रेष्ठ, नवराज अधिकारी, चिरञ्जिवी चाचपागाईं र कृष्णबहादुर कार्कीको नाम सर्ट लिष्टमा परेको थियो । सन्तोष र मुक्तिबाहेकअन्य तीनजनाले अन्तरवार्ता बहिष्कार गरेपछि नियुक्रि प्रकृया केगर्ने भन्नेबारेमा अन्यौल बढेको थियो ।

अन्तरवार्तामा सहभागी ५ जनामध्ये ३ जनाको नाम सिफारिस गर्ने र तीनमध्ये एकजनालाई मन्त्रिपरिषद्को बैठकले अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । तर, ३ जनाले अन्तरवार्ता बहिष्कार गरेपछि प्रकृया के गर्ने भन्नेमा अन्यौलता थियो । त्यसका लागि समितिले राय माग्दै महान्यायाधीवक्ताको कार्यालयमा पत्र पठाएको थियो । महान्यायाधीवक्ताको कार्यालयले अन्तरवार्तामा सहभागी २ जना र नआएका मध्य एकजनालाई राखेर तीन जनाको नाम पठाउन मल्नेगरि राय पठाउन लागेको स्रोतले जनाएको छ । बालुवाटार स्रोतका अनुसार महान्यायाधीवक्ताको कार्यालयबाट राय आएपछि आजै तीन जनाको नाम पठाउने र सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउने तयारी छ ।

श्रेष्ठलाई अध्यक्ष बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको प्रयास गरेका छन् । ओलीले श्रेष्ठलाई अध्यक्ष बनाएबापत माअ‍ोवादी केन्द्रको कोटाबाट महान्यायाधीवक्ता दीनमणि पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन ओली सहमत भएका छ्न । टेकप्रसाद ढुंगानापछि ०९३ सालमा प्रधानन्यायाधीश बन्नेगरि पोखरेललाई सर्वोच्च पठाउन खाजिएको हो ।

सर्वोच्चमा हाल ४ जना न्यायाधीशको पद रिक्त छ । त्यसमध्ये १ जना राजनीतिक नियुक्रिबाट पठाउन मिल्ने छ । यसअघि एमाले र कांग्रेसले आफू निकटको कानून व्यवसायीलाई सर्वोच्च पठाईसकेकाछन् । त्यसकारण अहिले माओवादीले प्रधानन्यायाधीश बन्नेगरि पोखरेललाई पठाउन खाजेको हो । हालसम्म माओवादीबाट सर्वोच्च अदालतमा कोही पनि न्यायाधीश बन्न सकेका छैनन् । बरु एमाले र कांग्रेसनिकट आधा दर्जन न्ययाधीश हाल कार्यरत छन् ।

सेबोनमा श्रेष्ठलाई पठाउन प्रचण्ड तयार भएसँगै अब बस्ने न्याय परिषद्को बैठकले पोखरेललाई सर्वोच्चमा सिफारिस गर्नेछ । यता पोखरेलसँगै ओलीले वरिष्ठ अधिवक्ता रमेश बडाललाई पनि सर्वोच्च पठाउने प्रयास गरिरहेको छ । यसअघि नै सर्वोच्च छिर्ने प्रयास गरेका बडाललाई तत्कालीन न्यायाधीशहरु आनन्दमोहन भट्टराई र इश्वरप्रसाद खतिवडाले रोकेको चर्चा छ । उनीहरु दुवैले अवकास पाएका कारण यसपटक पनि बडालले प्रयास जारी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot