Logo

चियापानअघि रास्वपाको केन्द्रीय समितिको बैठक जारी



काठमाडौं,७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । पार्टी मुख्यालय बसुन्धरामा बैठक बसिरहेको छ । आजको बैठकमा संसद र सरकारबारे सभापति रवि लामिछानेले संक्षिप्त अपडेट गराउने कार्यक्रम रहेको छ।

रास्वपाले आज आफ्नो स्थापना दिवसको अवसरमा कार्यक्रमा गर्दैछ । दिउँसो हुने चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

रास्वपा गठन भएको आज (७ असारमा) दुई वर्ष पुगेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले शुक्रबार पार्टी कार्यालयमा चियापान आयोजना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot