Logo

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान



काठमाडौं,७ असार । निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध संसदी यसुनुवाई अघि बढेको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानविरु४ कुनै उजुरी भएमा १० दिनभित्र उजुरी गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ । गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोटाबाट निर्वाचन आयुक्तमा सिफारिस भएका नेपाल कानून समाजका निर्देशकसमेत रहेका प्रधान सर्वोच्च अदालतका पर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका खास मान्छे हुन् ।

कुनैबेला यौन दुव्र्यवहारको आरोपसमेत लागेका प्रधानले पछि जिल्ला अदालतबाट मेलमिलाप गराएका थिए । उनको नाम सिफारिसमा परेको दिनदेखिनै विवाद सुरु भएको छ । विवादकै बीच उनको नाम संसदीय सुनुवाई समितिले स्वीकृत गर्छ किअस्वीकृत त्यो भने हेर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot