Logo

रास्वपाको चियापान जारी {LIVE}



काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ । दुई वर्षअघि आजकै दिन रास्वपा स्थापना भएको थियो ।

चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखकसमेत सहभागी भएका छन् । स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालगायत पनि चियापान समारोहमा सहभागी भएका छन् । अन्य दलका नेताहरु पनि चियापान कार्यक्रममा सहभागी हुने क्रम जारी छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot