Logo

रास्वपाबारे झलनाथको टिप्पणीः ‘उहाँहरु पनि त्यस्तै हो’



काठमाडौं, ७ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन् । रास्वपाले आफ्नो स्थापना दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

चियापान समारोहमा सहभागी भएका नेता खनालले रास्वापाका सबल र दुर्बल पक्ष दुवै रहेको बताए । उनले रास्वपाले अवस्थामा परिवर्तन ल्याउँछौं भनेपनि नीति तथा कार्यक्रम त्यो नदेखिएको बताए । उनले जनताको अवस्थामा परिवर्तन ल्याउनेतर्फ सोच्न पनि सुझाव दिए ।

‘हर पार्टीका सवल र दुर्वल पक्षहरु छन्, उहाँहरु पनि त्यस्तै हो । उहाँहरुले पनि अवस्था परिवर्तन गर्ने कुराको नीति कार्यक्रम ल्याउन सक्नुभएको छैन । त्यसमा सोच्नस् भन्न चाहन्छु,’– सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot