Logo

जनताको एजेण्डामा रास्वपालाई मेरो सधै साथ रहन्छः ऋषि धमला



काठमाडौं, ७ असार । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । रास्वपाले आफ्नो स्थापना दिवसको अवसरमा आज (शुक्रबार) चियापान समारोह आयोजना गरेको थियो ।

चियापान समारोहमा पुगेका धमलाले रास्वपाले दुई वर्षको अवधिकमा राम्रो उपलब्धी हाँसिल गरेको प्रतिक्रिया दिए । केही गर्छौं भन्ने प्रतिवद्धताका साथ जनताको जनादेश पाएर रास्वपा सरकारमा गएको पनि उनले बताए । उनले जनताका एजेण्डाहरु सहमती, सहकार्य, सुशासन र भ्रष्टाचारको अन्त्यमा रास्वपालाई आफ्नो सधैं साथ रहेको पनि बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले दुई वर्षमा राम्रो उपलब्धी हाँसिल गरेको छ । दुई वर्षमा दुई पटक सत्तामा, उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय लिएर रविजीको नेतृत्वमा पार्टी सरकारमा गएको छ । लोकतन्त्रमा जनताको जानदेशलाई सम्मान गरेर सरकारमा गएर छोटो समयमा केही गर्छु भन्ने प्रतिवद्ध व्यक्त गरेको छ । मैले रविजीलाई बधाइ दिएँ । जनताको एजेण्डा सहमती, सहकार्य, सुशासन र भ्रष्टाचारको अन्त्य हो । त्यसमा मेरो तपाईँलाई साथ रहन्छ । तपाईँले खुट्टा नकमाउनुस्,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot