Logo

घण्टीघर पुगेर रास्वपाबारे के भने प्रधानमन्त्री प्रचण्डले ?



काठमाडौं,७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन् । रास्वपाले पार्टी मुख्यालय बसुन्धरामा आयोजना गरेको पार्टी स्थापना दिवसकोकार्यक्रममा सहभागी हुन् प्रचण्ड बसुन्धरास्थित घण्टीघर पुगेका हुन् ।

घण्टीघर पुगेका प्रचण्डले रास्वपा को दोस्रो स्थापना दिवसमा सहभागी हुनु नै आफ्नो ‘समीक्षा’ भएको बताएका छन् ।

रास्वपाको दुई वर्षप्रति तपाईंको समीक्षा के छ ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, “म यहाँ आएर सहभागी हुनु नै मेरो समीक्षा हो ।”

रास्वपाले शुक्रबार दोस्रो स्थापना दिवस मनाएको छ । रास्वपा सभापति रवि लामिछाने प्रचण्ड नेतृत्वको क्याबिनेटमा उपप्रधान एवम् गृहमन्त्री छन् भने रास्वपा सांसदहरू सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ क्रमश: शिक्षा र खेलकुदमन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot