Logo

नेविसंघको पहलमा इन्टर्नसीपमा पारिश्रमिक उपलब्ध गराउने सहमती



काठमाडौं, ७ असार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को पहलमा पुल्चोक इन्जिनियरिङ क्याम्पस र विभिन्न ५ कर्पोरेट हाउसबीच इन्टर्नसीपमा पारिश्रमिक उपलब्ध गराउने सहमती भएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आफूहरु अर्जुनदृष्टिका साथ इन्टर्नसीप र अन्टरपिनरसीप (उद्यमशीलता) मा फोकस भएको बताए ।

नेविसंघले पुल्चोक इन्जिनियरिङ, नेपाल ल क्याम्पस र टीयू सेन्ट्रल क्याम्पसमा इन्टर्नसीपलाई पाइलट प्रोजेक्टको रुपमा लागू गरेर अन्टरपिनरसीपसम्म पुर्याउने लक्ष्य लिएको अध्यक्ष शेर्पाले बताए ।

‘हाम्रो विद्यालय र विश्वविद्यालयहरुलाई अब परिवर्तन गर्नुपर्छ, त्यहाँ पनि सुधार ल्याउनुपर्छ भनेर नेपाल विद्यार्थी संघले अर्जुनदृष्टिका साथ हामीे इन्टर्नसीप र अन्टरपिनरसीप (उद्यमशीलता) मा फोकस भएका छौं । हामीले तीन वटा कलेजका विद्यार्थीहरुलाई इन्टर्नसीपसँग जोड्ने भनेर पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टीयू सेन्ट्रल क्याम्पसलाई हामीले पाइलट प्रोजेक्टको रुपमा लिएका छौं,’– अध्यक्ष शेर्पाले भने ।

त्यसपछि देशव्यापी रुपमा हरेक विद्यार्थीहरुलाई पारिश्रमिकसहित इन्टर्नसीपमा जोडेर उद्यमशीलतासम्म पुर्याउने नेविसंघको लक्ष्य रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot