Logo

रास्वपाका कति छन् संगठित सदस्य, डीपीले दिएनन् प्रष्ट जवाफ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी मूख्यालय बसुन्धरामा आयोजित चियापान कार्यक्रम तथा शुभकामना आदनप्रदाक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी भएका छन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरु कार्यक्रममा पुगेका छन् । कार्यक्रममा सहभाग नेताहरुलाई रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहितले स्वागत गरेका छन् ।

कार्यक्रममा पत्रकारले रास्वपाका संगठप्त सदस्यबारे गरेको प्रश्नमा नेताहरुले प्रष्ट जवाफ दिएनन् । पत्रकारहरुले उपसभापतिसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले संगठीत सदस्यताको बारेमा आफूले एकिन भन्न नसकिने बताए । ‘पार्टीको संगठीत सदस्यबारे हाम्रो संगठन विभाग प्रमुखसमेत रहनुभएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई बढी जानकारी छ । तपाईहरुले उहाँँलाई सोध्नु भयो भने राम्रो हुन्छ’ पत्रकारले सोधेको प्रश्नमा मन्त्री अर्यालले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot