Logo

सामान्य प्रशासन मन्त्रीको भतिज बताउने केशवराज जोशी ठगी आरोपमा पक्राउ



काठमाडौं । विभिन्न व्यक्तिहरुलाई माल्टा पठाईदिन्छु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरका केशवराज जोशी छन् ।

माल्टा पठाउने नाममा ६ जनाबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीमाथि छ । प्रहरीले पक्राउ गरेपछि केशवराजले प्रहरीलाई आफू मन्त्रीको भतिज रहेको बताएका थिए ।

उनले भनेको मन्त्री संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भानुभक्त जोशी हुन् । तर, उनी भानुभक्तका आफ्नै भतिज हुन कि हैनन् भन्नेबारे अनुसन्धान जारी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका जोशी नेकपा एकीकृत समाजवादीको भातृ संघ राष्ट्रिय युवा संघ नेपालका नेतासमेत हुन् ।्



प्रतिक्रिया दिनुहोस्