Logo

रास्वपाको चियापानमा सहभागी हुँदा कपडा बुन्न सिकेँः केपी ओली



काठमाडौं, ७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान समारोहमा सहभागी भएका छन् । स्थापना दिवसको अवसर पारेर रास्वपाले आज चियापान समारोह आयोजना गरेको थियो । रास्वपाको चियापानमा ढिला गरि पुगेका एमाले अध्यक्ष ओलीले प्रदर्शनी स्थलको समेत अवलोकन गरेका थिए ।

रास्वपाको चियापान कार्यक्रममा सहभागी भएर प्रर्दशनी स्थलको अवलोकन गरेको र त्यहाँ तानमा बसेर कपडा बुन्न सिकेको उनले खुलासा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाली लुगा ! आज रास्वपाको चियापानमा सहभागी हुँदैगर्दा प्रदर्शनी स्थलमा नेपाली कपडाको तानमा बसेर कपडा बुन्न सिकें। कपडा सिलाउन त मलाई आउँछ। अलि अभ्यास गर्दा कपडा बुन्न पनि आउँछजस्तो लाग्यो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot