Logo

रविलाई बाबुरामको सुझावः पुराना दलसँग धेरै लसपस नगर्नु



काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । आज (शुक्रबार) पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले चियापान समारोहको आयोजना गरेको थियो ।

चियापान समारोहमा सहभागी भएका पूर्व प्रधानमन्त्री भट्टराईले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पुराना दलहरुसँग धेरै लसपस नगर्न सुझाव दिएका छन् । पुराना दलहरुसँगको लसपस जारी नै रहे रास्वपा चाँडै नै विलाएर जाने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot