Logo

भारतसहित आठ देशमा राजदूत सिफारिस, कहाँ को ?



काठमाडौं, ७ जेठ । सरकारले छिमेकी देश भारतको राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ ।आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आठ देशका लागि राजदूत सिफारिस गरेको हो ।

अमेरिकाका लागि राजदूतमा चन्द्र घिमिरेलाई सिफारिस गरिएको छ । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल र डेनमार्कका लागि सुम्निमा तुलाधर सिफारिस भएका छन् ।

त्यसैगरी, स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सेना, बेलायतका लागि डा विजन पन्त र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान राजदूतमा सिफारिस भएका छन् ।

मन्त्रिपरिषद्ले विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिक डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशअन्तर्गतका जिल्लामा भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारबाट प्राप्त हुने ८.१ मिलियन पाउन्ड स्टलिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत भएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा.राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्