Logo

मलाई छुटाउन प्रचण्डले रिस्क लिएकै होः रेशम चौधरी



काठमाडौं, ८ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोग गरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई जेलबाट छुटाउन धेरै कोशिस गरेको बताएका हुन् ।

‘प्रचण्डजीलाई त हाम्रो मुरीमुरी धन्यवाद छ त । रेशम चौधरीलाई छुटाउँछु भनेर टुँडिखेलमा पाँच हजार मान्छे मारेको जिम्मा म लिन्छु भन्ने त प्रचण्ड नै हो नि । यो देशको प्रधानमन्त्री तीन/तीन पटक जेलमा गएकै हो । आफ्नो प्रधानमन्त्रीको पालामा प्रयत्न गरेर उहाँले हामीलाई छुटाएकै हो,’– उनले भने ।

उनले फरक प्रसंगमा आफूले गरेको सम्मानलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बुझ्न आवश्यक रहेको बताए । उनले अहिले चार महिनादेखि रञ्जिता र आफ्नो सम्बन्ध राम्रो नरहेको पनि उनले बताए । आफू जेलमा हुँदा तीन वर्षसम्म रञ्जिताले नभेटेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्